SHARE
मकालु खबर · मङगलबार २३ भौ २०८३ १०:४४ AM · 1 मिनेट पढाइ

ग्यास नपाएपछि जनताको आक्रोश–‘मरेकालाई खोजिरहेका छन्, जिउँदोलाई मारिरहेका छन्’

काठमाडौं उपत्यकाको बिहानी अचेल चियाको मगमगाउँदो बास्ना वा तातो दूधको उम्लाइबाट सुरु हुँदैन । यो सुरु हुन्छ सडकपेटीमा फलामे साङ्लोले बाँधिएर लामवद्ध बनाइएका रित्ता राता सिलिण्डरहरूको स्तब्ध मौनताबाट । भदौको घामले उपत्यकाको धुलोलाई तताउँदै गर्दा शहरका गल्ली र डिपो अगाडि अनौठो, निर्मम र विरक्तलाग्दो दृश्य देखिन्छ ।