SHARE
मकालु खबर · मङगलबार २३ भौ २०८३ ११:०४ AM · 1 मिनेट पढाइ

देवीघाटदेखि सिँचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग

नुवाकोट । भोटेकोशी-त्रिशुली बाढीले सबै पुल बगाएपछि नुवाकोट र रसुवाका त्रिशुली वारि र पारिको सम्बन्ध विच्छेद भएको छ । यस अघि शिरखाली नयाँ पुल, देवीघाटको झोलुङ्गे पुल, बुहुनीबेशीको मध्यपहाडी लोकमार्गको पुल, देवीघाट जलविद्युत् आयोजनाको पुल र गौरीबेशीको पुल त्रिशुलीले बगाएसँगै त्यस क्षेत्रका स्थानिय मर्कामा छन् ।