भोटेकोशीमा बाढीः वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई
नुवाकोट । माइक्रोबसबाट यात्रु झारेर वीरबहादुर गुरुङ सडक छेउको एउटा चिया पसलमा पसे । एक्कासी ठूलोठूलो आवाज उनको कानमा आएर ठोक्कियो । यसो बाहिर आएर स्याँफ्रुबेँसीतर्फ के हेरेका थिए उनको होस हवास नै उड्यो । उनले जीवनमा कहिल्यै नदेखेको दृश्य देखे । भोटेकोशीको बाढीले आकाशै छुन लागेको जस्तो वीरबहादुरलाई आभास भयो ।
