सरकारविरुद्ध नारा गर्ने जेन-जी आन्दोलनका घाइते पक्राउ
काठमाण्डु – नयाँ बानेश्वरस्थित पुरानो संसद भवनमा आयोजित एक कार्यक्रममा सरकारको विरोध जनाएपछि जेन–जी आन्दोलनका घाइते पवन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गृहमन्त्री तथा अन्य मन्त्रीहरूको सहभागिता रहेको कार्यक्रममा खड्काले सरकारले आन्दोलनका घाइतेका लागि पर्याप्त काम नगरेको भन्दै विरोध जनाएका थिए।
