बाढीपीडितको उद्धारमा खटिएकी सांसद् नै रास्वपा समर्थकबाट ‘साइबर बुलिङ’ को शिकार
काठमाण्डु– त्रिशुली–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सुरुआतदेखि नै उद्धार र राहतमा सक्रिय रहेकी बागमती प्रदेशसभा सदस्य राधिका तामाङ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थकबाट सामाजिक सञ्जालमा व्यक्तिगत जीवन र चरित्र हत्या हुने गरी आरोप लागेपछि तनाबमा छिन् ।
