रवि लामिछानेले भने– एक वर्षअघि जेनजीले जस्तै भोलि कोही हामीसँग जवाफ माग्ने उभिनेछ
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले गत भदौमा भएको जेनजी आन्दोलनलाई देशमा नयाँ जागरणको सुरुवातका रूपमा व्याख्या गरेका छन् । जेनजी शहीद दिवसका अवसरमा मंगलबार वक्तव्य जारी गर्दै लामिछानेले लामो समयदेखि मौलाउँदै आएको भ्रष्टाचार, दलीय भागबन्डा, राज्य संयन्त्रको असक्षमता र नागरिक अधिकारमाथिको नियन्त्रणले युवापुस्तामा निराशा बढाएपछि उक्त आन्दोलन भएको बताए ।
