एसीसी प्रिमियर कप : हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य
काठमाण्डु – एसीसी पुरुष प्रिमियर कप २०२६ मा हङकङले नेपाललाई जितका लागि २६२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुआमास क्रिकेट ओभलमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रनको सम्मानजनक योगफल तयार पारेको हो। हङकङको पारिलाई उकास्न मध्यक्रमका ब्याटर बाबर हयातले उत्कृष्ट शतकीय पारि खेले।
