SHARE
लोक पथ · मङगलबार २३ भौ २०८३ ०५:०६ AM · 1 मिनेट पढाइ

सुशीला कार्कीको सन्देश– ‘सुशासन नभए दुई तिहाइले पनि स्थिरता दिन सक्दैन’

काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र जवाफदेहिता कायम नभए संसद्को दुई तिहाइ बहुमतले समेत राजनीतिक स्थिरता दिन नसक्ने बताएकी छन् । जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै कार्कीले राजनीतिक स्थायित्व संसदीय गणितले नभई शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्ने बताएकी हुन् ।