SHARE
लोक पथ · मङगलबार २३ भौ २०८३ ०५:५७ AM · 1 मिनेट पढाइ

बाढी प्रभावितको राहतका लागि युनिलिभर नेपालले सरकारलाई दियो ५ करोड, २६ टन सामग्री वितरण

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि करिब ६ करोड रुपैयाँ बराबरको सहयोग गरेको छ । कम्पनीले राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ योगदान गरेको जनाएको छ ।