रसुवा बाढीपहिरो प्रभावितका लागि राष्ट्रिय बीमा कम्पनीद्वारा २५ लाख सहयोग
काठमाडौं । रसुवा जिल्लाको नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले राष्ट्रिय बीमा कम्पनी लिमिटेडले २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरेको उक्त सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको हो ।
