इजरायलले माग्यो १,४६४ नेपाली कामदार (सूचनासहित)
काठमाण्डु – इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका व्यक्तिको स्याहारका लागि सहायक कामदार माग गरेको छ । वैदेशिक रोजगार विभागले जारी गरेको सूचनाअनुसार एक हजार १३२ जना महिला र ३३२ जना पुरुष गरी कुल १४६४ जना कामदार इजरायलले माग गरेको हो । आवेदन दिन २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ।
