कांग्रेस बैठकको माग : सुरुङमा फसेकाहरूको उद्धारमा कुनै ढिलाइ नगर्नू
काठमाण्डु – नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीबाट सिर्जित राष्ट्रिय संकट समाधानका लागि सुरुङमा फसेका नागरिकको उद्धारलाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले खोज तथा उद्धारका लागि स्पष्ट कमाण्ड प्रणाली स्थापना गरी प्राविधिक तथा अन्तर्राष्ट्रिय विशेषज्ञको सहयोग लिनुपर्नेमा जोड दिएको छ ।
