च्यासलबाट १७ हजार ४ सय क्याप्सुल ट्रामाडोलसहित दुई जना पक्राउ
ललितपुरको च्यासलबाट सशस्त्र प्रहरी बलले ठूलो परिमाणमा लागूऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल, इन्टेलिजेन्स ब्युरोबाट परिचालित विशेष टोलीले विशेष सूचनाका आधारमा सोमबार दिउँसो ललितपुर महानगरपालिका–९, च्यासलमा अपरेसन सञ्चालन गरेको थियो। सो क्रममा १७ हजार ४ सय क्याप्सुल ट्रामाडोल बरामद भएको हो।
