भोटेकोशी बाढीमा फसेकाको उद्धारदेखि खोजीसम्म : कुन जलविद्युत् आयोजनामा कहिले के भयो ?
रसुवास्थित भोटेकोशीमा यही भदौ १० गते गएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा आधारित विद्युत् आयोजनामा ठूलो असर परेको छ । ती आयोजनामा कार्यरत सयौँको सङ्ख्यामा कर्मचारी हालसम्म पनि सम्पर्कविहीन छन् । कतिपयले ती आयोजनाका सुरुङमा मानिस अझै फसेको हुनसक्ने आशङ्का व्यक्त गरिरहेका छन् ।
