सेनाले भन्यो- सुरुङभित्र १२१ जनामात्रै फसेका देखिन्छन्, ९०० जना होइनन्
नेपाली सेनाले रसुवा बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा रहेका जलविद्युत आयोजनाका सुरुङमा १ सय २१ जना मात्रै फसेको देखिएको बताएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सोमवार आयोजित कार्यक्रममा नेपाली सेनाका सहायक रथी सुवासजङ्ग थापाले उक्त जानकारी दिए।
