SHARE
पर्दाफास · सोमबार २२ भौ २०८३ ०१:३५ PM · 1 मिनेट पढाइ

काठमाडौंमा खाना पकाउने ग्यासको चरम अभाव, कुपन र सिलिण्डरका लागि उपभोक्ताको सास्ती

काठमाडौं उपत्यकामा पछिल्लो समय खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ । भोटेकोशी बाढी र त्यसपछिको सडक अवरोधका कारण आपूर्ति व्यवस्था सहज हुन नसक्दा उपभोक्ताहरू घण्टौँसम्म लामबद्ध हुनुपर्ने बाध्यता सिर्जना भएको हो । भोटेकोशी बाढी अघि पनि काठमाडौंमा ग्यासको अभाव थियो ।