SHARE
पर्दाफास · सोमबार २२ भौ २०८३ ०१:५२ PM · 1 मिनेट पढाइ

बाढीमा मृत्यु हुनेको संख्या १३५६ पुग्यो, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन

रसुवा लगायतका विभिन्न जिल्लामा आएको त्रिशूली बाढीका कारण हालसम्म १ हजार ३ सय ५६ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार साँझ ६ बजे सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बाढी र पहिरोमा परी ठुलो संख्यामा मानवीय क्षति हुनुका साथै करिव ५ हजार व्यक्ति अझै सम्पर्कविहीन छन् ।