सिर्सिया खोला प्रदूषण रोक्न उद्योगीलाई मन्त्रीको एक साताको अल्टिमेटम
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरूले सिर्सिया खोलामा गरिरहेको प्रदूषण नियन्त्रणका लागि एक साताको समयसीमा दिएकी छन् । सोमबार मन्त्रालयमा उद्योगीहरूसँग भएको छलफलका क्रममा मन्त्री कुमारीले वातावरण संरक्षणसम्बन्धी कानुनी मापदण्ड उल्लंघन गर्ने उद्योगहरूलाई कारबाही गर्ने चेतावनी दिएकी हुन् ।
