सरकार भन्छ– ‘ग्यासको अभाव छैन’, सडकमा भने बालकदेखि वृद्धसम्म लाइन
एकातिर कक्षाकोठाको कालोपाटी, अर्कोतिर सडकको लाम । शनिवारदेखि खाली सिलिण्डर कुर्दैछन् कक्षा ५ का मनिष बस्नेत । काठमाडौंको एउटा साँघुरो गल्लीमा बिहानै उनी ग्यास पाइने आशमा लाइनमा छन् । सडकको पेटीभरि सयौँ राता एलपीजी सिलिण्डरहरू फलामे सिक्री र ताल्चाले एकअर्कामा बाँधिएका छन् । मानौँ कुनै कैदीको लस्कर उभिएको होस् ।
