SHARE
पर्दाफास · बुधबार ८ असो २०८२ ०४:०३ PM · 1 मिनेट पढाइ

कात्तिकमा केन्द्रीय विस्तारित बैठक गर्ने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को असोज ७ र ८ गते सम्पन्न केन्द्रीय समितिको बैठकले समसामयिक राजनीतिक परिदृश्यलाई ध्यानमा राख्दै सात बुँदे निर्णय सार्वजनिक गरेको छ । पार्टीका प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा बैठकमा उठेका मौखिक तथा लिखित धारणा र प्रस्तावहरूमा वृहत् छलफलपछि निर्णयहरू गरिएको उल्लेख गरिएको छ ।