SHARE
पर्दाफास · बुधबार ८ असो २०८२ ०४:०५ PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनले रोकिएको कक्षा १२ को मौका परीक्षा सम्पन्न

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक अर्थात् मौका परीक्षा आज सम्पन्न गरेको छ । गत भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि ‘जेनजी’ आन्दोलनबाट आएको नयाँ परिस्थितिका कारण सरेको परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्नेगरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको थियो ।