SHARE
मकालु खबर · सोमबार २२ भौ २०८३ १०:२६ AM · 1 मिनेट पढाइ

‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना

काठमाडौं । नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ब्रेक थ्रु नभएसम्म खोज तथा उद्धारकार्य नरोकिने जनाएको छ । बाढी प्रभावित जलविद्युत् आयोजनाका टनेलमा करिब १२१ जना नागरिक फसेका हुनसक्ने अनुमान गर्दै सेनाले खोज तथा उद्धारलाई तीव्रता दिएको हो ।