भोटेकोशी बाढीपछि राष्ट्रका नाममा राष्ट्रपतिको सम्बोधन
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गरेका छन् । भाद्र १० गते हिमनदीको बरफ र चट्टानसहित खसेको हिमपहिरोपछिको बाढीले पुर्याएको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै उनले राष्ट्रका नाममा विशेष सम्बोधन गरेका हुन् ।
