SHARE
मकालु खबर · सोमबार २२ भौ २०८३ १०:५२ AM · 1 मिनेट पढाइ

राष्ट्रपतिबाट बाढी प्रभावित क्षेत्र रसुवाको निरीक्षण

रसुवा । राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवास्थित भोटेकोशी बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । उनले रसुवागढी, टिम्मुरे, घट्टेखोला, स्याफ्रुबेँसी, हाकुबेँसी, मैलुङ, कैदलटार, पैहे्रबेँसी, बेत्रावती तथा माथिल्लो त्रिशूली थ्री ‘ए’ र ‘बी’लगायत बाढी प्रभावित क्षेत्रको अवलोकन गरे ।