SHARE
मकालु खबर · सोमबार २२ भौ २०८३ ११:०८ AM · 1 मिनेट पढाइ

खानेपानीको मूल सुक्दै गएपछि पुनर्जीवित कार्यक्रमको सुरुआत

काभ्रेपलाञ्चोक । पछिल्ला केही वर्षदेखि काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहमा खानेपानीको मुहान सुक्दै गएको तथ्याङ्कले देखाएको छ । बाढीपहिरो, वन फँडानी, जथाभावी पूर्वाधार विकास, भूकम्प, जलवायु परिवर्तनलगायतका कारण जिल्लाको १३ स्थानीय तहमध्ये सात तहमा गरिएको सर्वेक्षणमा पानीको मूल र मुहान सुक्दै गएको सरोकालवाला निकायले जनाएका छन् ।