जलविद्युत सुरुङमा फसेकाको संख्या १ सय २१ होः सेना
काठमाण्डु– भोटेकोशी–त्रिशूली बाढीले क्षतिग्रस्त जलविद्युत आयोजनाहरुका सुरुङमा फसेकाहरुको खोजी तथा उद्धार अभियान तत्काल नरोकिने नेपाली सेनाले स्पष्ट गरेको छ । सुरुङभित्रको अवस्था सामान्य बनाएर ‘ब्रेक थ्रु’ नभएसम्म उद्धार टोली परिचालन भइरहने सेनाका सहायक रथी सुवाशजंग थापाले बता ए। सरकारबाट औपचारिक रूपमा अभियान रोक्न निर्देशन आएमा मात्रै खोजी कार्य रोकिने उनको भनाइ छ ।
