‘फेक’ भिडियोले विपद् क्षेत्रमा त्रास बढायोः प्राधिकरण
काठमाण्डु– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रको वास्तविक अवस्थाभन्दा फरक दृश्य सामाजिक सञ्जालमा फैलिँदा विपद्का बेला सूचना व्यवस्थापनमै समस्या देखिएको भन्दै सम्वद्ध पक्षलाई सचेत गराएको छ ।
