SHARE
लोक पथ · सोमबार २२ भौ २०८३ ०९:५४ AM · 1 मिनेट पढाइ

काठमाडौंमा रात्रिकालीन यातायात विस्तार गरिँदै, बस संख्या ७ बाट २८ पुर्‍याउने तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्ने तयारी गरिएको छ । काठमाडौं महानगरपालिकाले उपत्यकाका स्थानीय तहलाई समेत समेटेर अन्तरनगर यातायात सञ्जाल विकास गर्ने तयारी गरेको हो । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले रात्रिकालीन यातायातलाई व्यवस्थित र दिगो बनाउन उपत्यकाका स्थानीय तहको सहभागिता सुनिश्चित गरिने बताएकी छन् ।