SHARE
पर्दाफास · सोमबार २२ भौ २०८३ ०९:१२ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपीडितलाई सेल्टरदेखि खाद्यान्नसम्मको जिम्मा बागमती सरकारले लिने

रसुवाको भोटेकोशीमा १० भदौमा आएको भीषण बाढीबाट विस्थापित नागरिकको व्यवस्थापनका लागि वागमती प्रदेश सरकारले बजेट तथा आवश्यक सामग्री उपलब्ध गराउने भएको छ । सोमबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री किरण थापा मगरले बाढी प्रभावित नागरिकलाई सेल्टरमा राख्नेदेखि खाद्यान्न तथा बसोवासको व्यवस्थापनसम्म प्रदेश सरकारले सहयोग गर्ने बताए ।