SHARE
पर्दाफास · सोमबार २२ भौ २०८३ ०७:२३ AM · 1 मिनेट पढाइ

त्रिशूली–३ ‘बी’ आयोजनामा बेपत्ता परिवारको माइतीघरमा प्रदर्शन, उद्धार तीव्र बनाउन माग

नुवाकोटस्थित त्रिशूली–३ ‘बी’ हाइड्रोपावरको क्याम्पमा बेपत्ता भएका व्यक्तिका परिवार तथा आफन्तले उद्धार कार्य तीव्र बनाउन माग गर्दै काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गरेका छन् । सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दै उनीहरूले बाढी आएको लामो समय बितिसक्दा पनि त्रिशूली–३ ‘बी’मा उद्धार तथा खोजी कार्य प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।