विदुर नगरपालिकाले बाढीपीडितलाई मासिक १० हजार कोठा भाडा दिने
भोटेकोशी बाढीबाट प्रभावित भएकालाई विदुर नगरपालिकाले कोठा भाडा वापत रकम उपलब्ध गराउने भएको छ । आइतबार बसेको नगर कार्यपालिकालको १३४औँ बैठकले बाढीको कारण बस्न योग्य घर नभएका स्थानीयवासीहरुलाई नगरपालिकाले घर भाडामा लिएर बस्न अनुरोध गर्दै भाडावापतको रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
