SHARE
पर्दाफास · सोमबार २२ भौ २०८३ ०६:१२ AM · 1 मिनेट पढाइ

अकाल मृत्यु निवारणको कामनासहित बाढीमा दिवंगतप्रति सामूहिक धार्मिक अनुष्ठान

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीबाट दिवंगत भएका सम्पूर्ण व्यक्तिहरूको सद्गतिको कामना गर्दै सामूहिक धार्मिक अनुष्ठान गरिएको छ । सोमबार बिहान पशुपतिनाथ मन्दिर परिसरस्थित बागमती नदीको तटमा मृत आत्माको सामुहिक रुपमा सद्गति गरिएको नेपाल वेदविद्याश्रमका गौसलाका शिक्षक विष्णुप्रसाद पोखरेलले जानकारी दिए ।