ट्र्याक्टर पल्टिँदा मैवाखोलामा २ जना बेपत्ता
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको-३ हाङपाङदेखि गरिएको ट्र्याक्टर पल्टिँदा मैवाखोलामा २ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी बिन्देश्वर यादवका अनुसार बेपत्ता हुनेमा चालक समीर बराइली र ट्र्याक्टरमा सवार अनिल नाल्बो रहेका छन् ।
