सप्तकोशीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका २७ ढोका खुल्ला
पूर्वी पहाडी जिल्लामा लगातार भएको वर्षाका कारणले सप्तकोसी नदीमा पानीको बहावमा वृद्धि भएको छ । आइतबार राति ८:१५ बजे गरिएको मापन अनुसार कोशी ब्यारेज भएर दुई लाख २० हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव भइरहेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।
