आज पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाण्डु – देशभर सोमबार मौसम सामान्यतया बदली रहने छ । देशका विभिन्न भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर सामान्यतया बादल लाग्नेछ ।
