भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएकाको सम्झनामा आज सोमबार राष्ट्रिय शोक मनाइँदै छ । १८ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयबमोजिम आज राष्ट्रिय शोक मनाइन लागेको हो ।
