ऊर्जामन्त्री श्रेष्ठले भेटे त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्धार गरिएका घाइतेलाई
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका जलविद्युत् आयोजनाका कर्मचारीसँग भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। आइतबार दिउँसो छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर मन्त्री श्रेष्ठले उपचाररत घाइते कर्मचारी तथा उनीहरूका परिवारसँग भेट गरेका हुन्।
