SHARE
पर्दाफास · आइबार​ २१ भौ २०८३ ०८:०५ AM · 1 मिनेट पढाइ

भोटेकोशी विपद्पीडितका लागि रक्तदान, ६० पाउण्डभन्दा बढी रगत सङ्कलन

भोटेकोशी क्षेत्रमा भएको विपद्का कारण घाइते तथा उपचाररत बिरामीका लागि मधेस युवा क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्तदान कार्यक्रममा ६० पाउण्डभन्दा बढी रगत सङ्कलन भएको आयोजक संस्थाका उत्तम कार्कीले जानकारी दिए। विपद्का समयमा घाइते तथा बिरामीलाई आवश्यक पर्ने रगतको अभाव हुन नदिन सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए ।