SHARE
पर्दाफास · आइबार​ २१ भौ २०८३ ०२:०४ AM · 1 मिनेट पढाइ

बाढीले चार जिल्लाका ५५ खानेपानी आयोजना प्रभावित, करिब ६४ करोडको क्षति

रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण चार जिल्लाका ५५ वटा खानेपानी आयोजनामा क्षति पुगेको छ। बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका खानेपानी आयोजनामा प्रारम्भिक विवरणअनुसार करिब ६४ करोड रुपैयाँ बराबरको क्षति भएको हो। खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीबाट सबैभन्दा बढी प्रभावित नुवाकोटमा २२ वटा खानेपानी आयोजनामा क्षति पुगेको छ।