भोटेकोशी बाढीले उजाडिएको नेपाल–चीन सीमामा फहराइयो नेपालको झण्डा
रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा राखिएको छ। गोसाइकुण्ड गाउँपालिका–२ रसुवागढीस्थित उक्त अन्तरराष्ट्रिय सीमा नाकामा आज सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले झण्डा राखेको हो। यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले उक्त सीमा नाकामा नेपालतर्फ रहेका सम्पूर्ण संरचना बगाएको थियो।
