SHARE
पर्दाफास · शनिबार २० भौ २०८३ ०४:४४ PM · 1 मिनेट पढाइ

बाढीपीडितलाई प्रधानमन्त्रीको ढाडस- आफूलाई एक्लो नठान्नु, कहिल्यै अलपत्र छाड्दैनौँ

प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीपछि अस्थायी बसाइलाई सकेसम्म छोटो बनाइ हरसम्भव छिटो सुरक्षित बसोबासको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन्। नागरिकको छातीमा परेको त्यो असीम पीडा, रित्तोपन र आघातलाई सरकारले हदृयदेखि महसुस गरेको उल्लेख गर्दै उनले एक्लो नठान्न आग्रह गरेका छन्। उनले आज सामाजिक सञ्जालमा लेखेका छन्, ‘आफूलाई एक्लो नठान्नु होला।