नेपाल टेलिकमको मनाङमा फोरजी सेवा विस्तार: दुर्गम क्षेत्रमा हाई-स्पीड इन्टरनेटको पहुँच
५ असोज, काठमाडौं। नेपाल टेलिकमले ‘हिमालपारिको जिल्ला’ भनेर चिनिने मनाङ जिल्लाका अति दुर्गम र विकट क्षेत्रहरूमा मोबाइल सेवाको पहुँच विस्तार तथा स्तरोन्नति गरेको छ। कम्पनीले विभिन्न स्थानमा नयाँ बीटीएस टावरहरू स्थापना गर्नुका साथै फोरजी (4G) सेवा समेत सञ्चालनमा ल्याएको हो।
