दोस्रो पक्कु फेस्टिवल: नेपाली संस्कृति र परम्पराको जगेर्नामा प्रेसिडेन्ट बिजनेश गुपको पहल
६ असोज, काठमाडौं। अध्यक्ष शंकर भण्डारीको नेतृत्वमा प्रेसिडेन्ट बिजनेश गुपले दोस्रो पक्कु फेस्टिवल आयोजना गर्दैछ। नेपाली संस्कृति र पाककलाको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको यो फेस्टिवलले परम्परागत पक्कुलाई ब्रान्डका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ। साथै, यसले स्थानीय किसान र पर्यटन क्षेत्रलाई समेत सहयोग गर्ने अपेक्षा गरिएको छ।
