५ महिनाभित्र १० प्रमुख शहरमा निःशुल्क वाइफाइ: सञ्चारमन्त्रीको पहिलो निर्णय
६ असोज, काठमाडौं। नवनियुक्त सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहणसँगै आफ्नो पहिलो निर्णयमार्फत आगामी पाँच महिनाभित्र देशका १० प्रमुख शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गरेका छन्।
