बाढीको ११ दिनपछि अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
रसुवामा बाढी आएको ११ दिनपछि अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार गरिएको छ। नेपाली सेनाले भर्खरै उनको तस्वीर सार्वजनिक गर्दै सुरुङबाट उद्धार गरिएको जानकारी दिएको हो। उद्धार गरिएका व्यक्ति चिनियाँ नागरिक रहेको सेनाले जनाएको छ।
