अब नुवाकोटको विदुरमै डीएनए नमुना संकलन, कति जनाको भयो परीक्षण ?
त्रिशूली । भोटेकोसी नदीमा आएको बाढीमा परी हराइरहेका व्यक्तिको पहिचान गर्न नेपाल प्रहरीले नुवाकोटको विदुरमा डीएनए नमुना संकलन केन्द्र सञ्चालनमा ल्याएको छ । यसअघि डीएनए नमुना दिन पीडित परिवारका सदस्य रसुवा र नुवाकोटबाट काठमाडौं जानुपर्ने अवस्था थियो ।
