हुम्लामा पाँच दिनदेखि विद्युत् सेवा अवरुद्ध
हुम्लामा पाँच दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरणको हुम्लास्थित हेल्दुङ वितरण केन्द्रअन्तर्गतको पावर हाउसमा समस्या आएपछि सेवा अवरुद्ध भएको हो । विद्युत् आपूर्ति बन्द हुँदा हुम्लाका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् ।
