बर्जर पेन्ट्स नेपालद्वारा दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग
बर्जर पेन्ट्स नेपालले विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनः स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्को कठिन परिस्थितिमा देश र जनताको साथमा उभिन सहयोग रकम हस्तान्तरण गरेको जनाएको छ।
