विराटनगरमा आज ५९औँ राधाकृष्ण रथयात्रा, पाँच लाख भक्तजन आउने अपेक्षा
विराटनगर : विराटनगरमा शनिबार ५९औँ राधाकृष्ण रथयात्रा निकालिँदैछ। विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजे रथयात्रा सुरु हुने आयोजकले जनाएको छ। रथयात्राका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ।
