SHARE
लोक पथ · सोमबार ६ असो २०८२ १०:४० AM · 1 मिनेट पढाइ

नवनियुक्त कृषिमन्त्री परियारले भने– ‘मलको समस्या हटाउँछु’

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले मल अभावको समस्या हटाउने प्रयास गर्ने बताएका छन् । राष्ट्रपति भवन शितल निवासमा मन्त्रीको शपथग्रहण गरेपछि पत्रकारहरुसँग कुरा गर्दै उहाँले यस्तो बताएका हुन् । मलबिना कृषिको उत्पादन बढाउन नसकिने उनको भनाई छ । मल आयातमा हुने अवरोधलाई अध्ययन गरेर समस्या समाधान गर्ने उनले बताए ।